बुटवल । नेपाल एकीकरणको नेतृत्व गरेका र राष्ट्रिय एकताका प्रतीक समेत भनेर मानिने राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर रुपन्देहीमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ ।
पौष २७ गते नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाकमा पैदल तथा मोटरसाइकल र्याली गरि पृथ्वी जयन्ती तथा एकता दिवस मनाइने बताइएको छ । र्याली बुटवलको जीतगढी किल्लाबाट सुरु भएर अस्पताललाइन स्थित पुष्पलाल पार्कमा समापन गरिने कार्यक्रम आयोजक संयोजक कृष्ण प्रसाद पुनले सेतोमसीलाइ बताए ।
सम्पुर्ण रुपन्देहीबासीलाइ उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै संयोजक पुनले अर्को साल बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिने समेत बताए ।
कृष्ण प्रसाद पुन संयोजक रहेको आयोजक समिति बैठकमा शिबिरबिक्रम राणा, विशाल गैरे, दिपेन्द्र ढकाल, चिरञ्जीवी भण्डारी, सुयोग भट्टराई, सन्तोष भट्टराई, उदय थापा, नरेश सेन ठकुरी लगायतको उपस्थिति थियो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस