यादहरुमा सामरी – कविता
आज मलाई टुडि लेक र झरङे लेकको याद आयो
परमचेतको काफल अनि बरावलको ओखर याद आयो।
फितिङ खोलाको माछा सार्है मिठो
चाहेर नि भुल्न सकिन लाखे जात्रा याद आयो।
कच्ची बाटोमा गन्द्रङ गन्द्रङ नाक टालिने धुलो
गन्द्रङ गन्द्रङ्ग आईचरमा त्रिशुली झरेको याद आयो।
महादेव थानको जात्रा नहेरेको बर्षौं भएछ
खट्टे भटमास र चिसो पानीको याद आयो।
आजभोलि गाउँघरमा परिकार पनि बिदेशी बन्न थालेछ
तोर्मे ,सेल र बाबर अनि गुन्द्रुक ढिंडोको याद आयो ।
आधुनिकताले परम्परागत संगित लोप हुन थालेछ
म्यहेन्दो माया ,साईकोले र खैंजेडी भजन याद आयो।।
# यादहरुमा सामरी
फेसबुक देखि प्रतिक्रिया दिनुहोस