नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का स्थायी समिति सदस्य तथा पूर्व कृषि मन्त्री घनश्याम भुसालले सम्मानित सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्ने बताएका छन । नेकपा प्रचण्ड-नेपाल समुह देवदह नगरपालिकाको विस्तारित नगर भेलालाई सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेकोले जसरी पनि उनलाइ पछाडि हट्न बाध्य बनाइने उल्लेख गर्दै नेता भुसालले राजाहरु त असंवैधानिक कदम सच्याउन बाध्य भए भने ओलीहरु त्यस्तो खास नभएको समेत बताए ।
कार्यक्रममा नेकपा रुपन्देहीका सचिव निर्मल जीसि, जिल्ला नेताहरु गोबिन्द पंगेनी, लिलाधर मरासिनी, युवा नेता हिरा थापा, टंक पोखरेल, नगर पार्टी सचीव मनकुमार कनौजे लगायतले बोलेका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस