हाम्रो समाजमा क्रान्ती भनेको बन्दुक/गोली पडकाउनु समाजमा आतंक फैलाउनु मात्र ठान्ने एकथरी विद्वानहरुको तर्क छ । जुन अबैज्ञानिक छ र म यो तर्कलाई ठाडै अस्विकार गर्छु ।
क्रान्तिका रुपहरु समय र परिवेश अनुसार महत्त्वपुर्ण र फरक फरक हुने गर्दछ। कृषि क्रान्ति, आर्थिक क्रान्ति, निल क्रान्ति, हरित क्रान्ति, शैक्षिक क्रान्ति, स्वास्थ्यमा क्रान्ति आदि । तर, नेपाली समाजमा एउटा यस्तो भ्रमको खेति गरियो की अब क्रान्तिको जरुरत नै छैन शान्तिपूर्ण राजनीतिमा लागौ भन्नेहरु नै हुन मीठो तिहुनमा विष घोल्ने।
नेपाली समाजमा एउटा बेकुफ हल्ला फैलाईएको छ। र, नेपाली समाजले पुंजीवादका विरुद्ध जनवादि क्रान्ति सम्पन्न् गर्यो अब समाजबादमा जानको लागि नयाँ बाटो तयारी भयो भनेर स-विस्तार व्याख्या गरिएको छ।
राष्ट्रिय सामन्तवादको अन्त्यपछि बिकेन्द्रिकृत प्रतिक्रियावादी सामन्तबादको उदय भयो ।
तर म भन्छु राष्ट्रिय सामन्तवादको अन्त्य पछि बिकेन्द्रिकृत प्रतिक्रियावादी सामन्तबादको उदय भयो र त्यस्को बचाउको लागि माके र एमालेको सैद्धान्तिक स्खलित समुहका दलालहरु पुजीवादको मुकुण्डोमा सामन्तबादको बिकेन्द्रिकृत तरिकाले जनतामा बर्मलुट मच्चाउँदैछन ।
हिजोका छोटे सामन्तको प्रारुप अहिलेको सरकारले निर्माण गरेका निजि स्वास्थ संस्था शिक्षा प्रणालीमा भएको निजीकरण गाउँगाउँमा खोलिएका बितिय आर्थिक सहकारी जलस्रोत, जमीन, जडिबुटी, बन, कृषि हरेक तहमा उत्पादन भएको बिचौलिया सामन्तबादको बिगबिगी यथावत हुदाँहुदै त्यहीँ वरिपरि राजनीतिक दलहरूले भन्ने गरेको समाजबादी संविधान आफैमा द्वैध चरीत्र बोकेर जनताको खुन पसिनामा बर्मलुट मच्चाईरहेको छ।
संसदबादी दलहरू सबै बर्तमान संविधानको कार्यान्वयन प्रक्रियामा असफल भएको पुष्टि हुन्छ। अरु भन्दा पनि रोचक त यो छ कि आफुले गर्दा क्रान्ति सोच्नेहरु अरुले त्यही गर्दा आतंककारी वा प्रातिक्रान्ती देख्दैछन।
प्रति-क्रान्तिको यात्रा सहज छ । अझ भनौं त प्रति-क्रान्ति गर्नलाई क्रान्तिले स्थापित गरेको मूल्य-मान्यतालाई तहसनहस गरे पुग्छ । विधि-विधानलाइ लत्याए पुग्छ ।
स्वभाविक रूपमा, क्रान्ति जतिको कठिन प्रति-क्रान्ति हुदैन । क्रान्तिका लागि जुन किसिमको राजनीतिक सिद्धान्त र संगठन आवश्यक पर्छ प्रति-क्रान्तिको लागि ती आवश्यक पर्दैन । राजनीतिक ,समाजिक, आर्थिक क्रान्तिका लागि जुन आम चेतनाको जरुरी हुन्छ । प्रति-क्रान्तिको लागि ती सबैको आवश्यकता पर्दैन ।
प्रति-क्रान्तिको यात्रा सहज छ । अझ भनौं त प्रति-क्रान्ति गर्नलाई क्रान्तिले स्थापित गरेको मूल्य-मान्यतालाई तहसनहस गरे पुग्छ । विधि-विधानलाइ लत्याए पुग्छ ।
तर यहाँ नेर बुझ्नुपर्ने कुरा यो छकी अधुरो र अपुरो क्रान्तिले के स्थापित गर्यो र ? कुन जनमैत्री संविधानको कुरो गर्दैछन ? त्यही किसान मर्ने मल ,बीउ र भाउ नपाउने, गरिब मर्ने न्याय नपाउने ?
यदि त्यही संविधानलाई उत्कृष्ट मानिन्छ भने प्रतिक्रान्ती नै सहि तर पुन: एकपटक जनबिद्रोहको अपरिहार्य आवस्यकतालाई नकार्न सकिँदैन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस