• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

पाथीभरा मन्दिरको जङ्गलमा लागेको डढेलो मन्दिर परिसरमै पुग्यो, हेलिकप्टरबाट बर्षात गरिदैं

२ महिना अगाडि
51
Shares
124
Views

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । “हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ”, उहाँले भन्नुभयो । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उहाँले बताउनुभयो ।

फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।

Related

ट्यागहरू: #डढेलो#पाथिभरा
अघिल्लो समाचार

गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्रीद्वारा शिवालय मन्दिरको उद्घाटन

अर्को समाचार

सरकार र उखु किसानबिच सहमति, २१ दिनभित्र चिनी उद्योगीले किसानलाई बक्यौता भुक्तान गर्ने

अर्को समाचार
सरकार र उखु किसानबिच सहमति, २१ दिनभित्र चिनी उद्योगीले किसानलाई बक्यौता भुक्तान गर्ने

सरकार र उखु किसानबिच सहमति, २१ दिनभित्र चिनी उद्योगीले किसानलाई बक्यौता भुक्तान गर्ने

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार