• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘प्रचण्ड एमाले निल्न आएका थिए, निलेर गए’ (ओलीसंग मिल्न वामदेवका चार शर्त सहित)

२ महिना अगाडि
1 min read
वामदेव गौतम
53
Shares
129
Views

काठमाडाैं । औपचारिक फुटेको मिति पर्खाइमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उपाध्यक्ष रहेका बामदेव गौतमले तत्काल केपी ओली र प्रचण्ड – माधव नेतृत्वको टिममा नरहने बताएका छ्न ।

गौतमले हाल कुनैपनि टिममा नरहने मनशाय व्यक्त गर्दै भविस्यमा भने केपी ओली संगै राजनीतिक सहकार्य हुनसक्ने संकेत गरेका छ्न । यसका लागि उनले चार सर्त अघि सारेका छ्न । गौतमको पहिलो सर्त विकाश प्राधिकरणको गठन रहेको छ ।

शर्त : एक

प्रधानमन्त्री केपी ओलीसंग मिल्न दबाब दिन भैंसेपाटी पुगेका नेकपामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने करिब दुइ दर्जन केन्द्रीय सदश्यहरुको आग्रहमा गौतमले भने – ”ओलीले अधिकार सम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व मलाई दिएमा तत्काल ओलीसंग कुरा मिल्न सक्छ ।”

२०७४ को आम निर्वाचनमा बर्दियाबाट चुनाव हारेपछि राज्यसत्ताबाट भूमिकाविहीन भएका बामदेवले विगतदेखि नै आफ्नो नेतृत्व हुनेगरी विकास प्राधिकरण गठनको कुरा उठाउदै आएका छ्न । विभाजित संरचनाले मात्रै विकास गर्न नसक्ने तर्क गर्दै उनले विकास निर्माणका सबै सरोकारी साझेदारहरुलाई आफूले सोचेको प्राधिकरणले नेतृत्व प्रदान गर्ने बताए । “प्राधिकरण गठनको एक महिनामै म देखाई दिन्छु विकास भनेको के हो ” गौतमले भने । तर अर्थमन्त्रीले हस्तक्षेप गर्न नपाइने आफ्नाे सर्त रहेको बताए ।

शर्त : दुई

बामदेवको दोस्रो सर्त चुनावी मोर्चा बनाउने रहेको छ । आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टी अलग अलग चुनाव लडेमा दुबैको पत्तासाफ हुने उनको प्रक्षेपण छ । त्यसकारण संयुक्त मोर्चा बनाएर चुनाव लडनु पर्ने हुँदा मोर्चा बनाउन केपी ओली सहमत हुनुपर्छ । अब यी दुई पार्टी एक हुन सक्तैनन् । यिनीहरु पेरिसडाँडा र धुम्बाराही अलग अलग बसुन । तर चुनावका लागि मोर्चा बनाऔं । एक सचिवालय बनाऔं। यो कामको पहल गर्ने जिम्मा दिन सहमत भए ओलीलाई सहयोग गर्न आफू तयार रहेको गौतमको भनाई छ ।

शर्त : तीन

पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहमत भए प्रधानमन्त्री केपी ओलीसंग सहकार्य हुनसक्ने गौतमले संकेत गरेका छ्न । ओली निकट सुदूरपश्चिमका केन्द्रीय सदस्यहरुसंग गौतमले भने – ”अबको पार्टीमा केपी ओली, ईश्वर पोखरेल र बामदेव सल्लाकार मात्र बस्ने निर्णय गर्न सकेमा मेरो ओलीसंग कुरा मिल्न सक्छ ।”

शर्त : चार

बामदेवको सर्त नम्बर ४ तत्कालीन नेकपा एमालेको राजनीतिक कार्यक्रम र सिद्धान्त “जनताको बहुदललीय जनवाद”संग सम्बन्धित छ । ओलीले जबज नबुझेको गौतमको आरोप छ । उनले जबज बुझेका भए माधव नेपाल लगायतका कमरेडहरुले प्रधानमन्त्री केपी ओलीको साथ छोडने थिएनन् । जबजवाला र जनयुद्धवालाको मिलन हुने थिएन ।

प्रचण्ड – माधवको मिलन अस्थायी हो । राजनीति विचारधाराले जोड्ने हो । हिंसात्मक धारबाट विकसित भएको माओवाद र शान्तिपूर्ण धारबाट विकसित जबजबीच कहिल्यै एकता हुन सक्तैन । प्रचण्ड एमालेसंग मिल्न आएका थिएनन । उनी निल्न आएका थिए । निलेर गए ।

अहिले ६० जिल्लामा उनको बहुमत छ । हाललाई जबज मान्ने कमरेडहरु प्रचण्डतिर लागेपनि यो अस्थायी भएको गौतमको भविष्यवाणी छ । जबज मान्नेहरु सबै एकठाँउमा आउने गौतमको विश्वास छ । एक एक गरी प्रचण्डसंग छुट्टिएर आउने छ्न । अन्तिममा माधव नेपालले प्रचण्डको साथ छाड्ने छन । जबजको सही ब्याख्या र यसको प्रयोग गर्ने इच्छाशक्ति देखाए भने मात्र ओलीसंग सहकार्य हुनसक्ने गौतमको भनाई रहेकाे भेटघाटमा संलग्न एक केन्द्रीय सदस्यले साँघुलाई बताए ।

(साँघु साप्ताहिकबाट साभार)

Related

ट्यागहरू: #एमाले#वामदेव गौतम
अघिल्लो समाचार

कांग्रेसको देशैभरी प्रदर्शन, सबै नेता आ-आफ्नो निर्वाचन क्षेत्रमा, देउवा किन भक्तपुर ?

अर्को समाचार

कोभिड–१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट आएका १९३ जना निगरानीमा

अर्को समाचार
कोभिड–१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट आएका १९३ जना निगरानीमा

कोभिड–१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट आएका १९३ जना निगरानीमा

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार