मोरङ, १२ पुस । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो नेपाल प्रहरी ले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत मोरङमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।
# सरकारी छाप
फेसबुक देखि प्रतिक्रिया दिनुहोस