रुपन्देही, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधान बचाउँने कि मर्न दिने भन्दै यो संविधान बचाउँने बेला भएको बताएका छन ।
ओलीले अराजकता र अस्थिरताको बीउ रोपेको उल्लेख गर्दै उनले संसद पुन : स्थापना हुनुपर्ने बताए ।नेकपा रुपन्देही जिल्लाको जिल्ला कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
रुपन्देहीको तिलोत्तामा नगरपालिका स्थित टुलिप होटेलमा भएको जिल्ला भेलालाइ पुर्व सभामुख ओनसरी घर्ती, प्रदेश सांसद दधिराम न्यौपाने, पार्टी केन्द्रिय सदस्य बामदेब क्षेत्री, हकिकुल्ल्ला खान लगायतले सम्बोधन गरेका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस