images

नमूना भनिएको देवदहको केरवानी माविमा विद्यार्थीलाई क्रुर यातना, कक्षा ७ कि एक छात्रा घाइते

नमूना भनिएको देवदहको केरवानी माविमा विद्यार्थीलाई क्रुर यातना, कक्षा ७ कि एक छात्रा घाइते

images
  • चैत्र १७, २०७७ मंगलवार १७:२० बजे
  • 2.6K
    SHARES
  • images
    नमूना भनिएको देवदहको केरवानी माविमा विद्यार्थीलाई क्रुर यातना, कक्षा ७ कि एक छात्रा घाइते

    १३ चैत्र, देवदह । नमूना भनिएको देवदहको केरवानी माध्यमिक विद्यालयमा एक शिक्षिकाले विद्यार्थीलाई क्रुर यातना दिंदा एक छात्रा घाइते भएकी छन । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया एक बिद्यार्थीलाई पेशा बिषयकी शिक्षिका साहारा दाहालले प्रश्न सोध्दा उत्तर दिन नसकेको भन्दै उनीमाथि कुटपिट भएको हो ।

    images

    “मिसले मलाई ५ पटक भन्दा बढी लौरोले कुट्नु भयो । मेरो हात सुन्निएको थियो र मैले मिस दुख्यो भनें । तर उहाँले नाटक गर्छेस भन्दै झन पिट्नु भयो ।” पीडा मिश्रीत श्वरमा ती विद्यार्थीले भनिन । आफुलाइ सहनै नसक्ने गरि दुखिरहेको बताउंदै उनले त्यस प्रकारको कुटपिट अन्य विद्यार्थीमाथी पनि भएको र हुने गरेको बताइन।’

    लठ्ठिको चोटले सुन्निएको हातमा लगाइएको ब्यान्डेज
    लठ्ठिको चोटले सुन्निएको हातमा लगाइएको ब्याण्डेज

    पिडित विद्यार्थीले सेतोमसीलाइ बताए अनुसार उनको हातमा निलडाम देख्न सकिन्छ र हातको एउटा औंला चलको छैन ।

    यस बिषयमा केरवानी बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मासंग कुरा गर्दा उनले आफू बिद्यालयमा नरहेको र काजमा जनगणना कार्यमा खटिएकोले घटनाबारे जानकारी नभएको बताए । प्राध्यापक शर्माले घटनाबारे विद्यालयका अर्का जिम्मेवार शिक्षक हरि पाण्डेसंग बुझ्न अनुरोध गरेपछी शिक्षक पाण्डेले सेतोमसीको कुराकानीमा घटना भएको स्विकार गर्दै शिक्षिकालाई अबका दिनमा यसप्रकारका क्रियाकलाप नदोहोर्‍याउन सचेत गराएको बताए ।

    बिद्यार्थीको लागि विद्यालय मन्दिर हो । जहाँ उनीहरु आफ्नो भबिष्य सुन्दर बनाउनको लागि जाने गर्छन ।

    यसै पनि सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीहरु निम्न र मध्य वर्गीय परिवारका छोराछोरी हुन । जहाँ उनीहरूका बुवा-आमालाइ सांझ – बिहानकै समस्या हुन्छ । जसका कारण एक त उनीहरू छोराछोरीको पठन पाठनबारे धेरै चासो दिन सक्दैनन भने अर्को तिर घरायसी काम तथा विविध बाध्यताबस उनिहरुका छोराछोरीहरुले कतिपय अवस्थामा गृहकार्य गर्ने समय समेत नपाएका हुन्छन् ।

    यसरी बुवा-आमाले आफ्ना हजारौं रहर मारेर छोराछोरीको उज्ज्वल भविष्यको लागि जनतन स्कुल पठाइएका ती छोराछोरी हातभरी निलडाम, चोट पटक र हातै नचल्ने अवस्थामा स्कुलबाट घर फर्किदा ती अभिभावकलाई कस्तो असर पर्छ होला ?

    आफ्नै साथीहरूको अगाडि निर्घात कुटिएका ती छात्र-छात्राहरुले आफू पढ्ने विद्यालयलाई बिद्याको मन्दिर नै मान्लान कि यातना गृह सम्झिएलान ? अनि ती शिक्षक – शिक्षिकाहरुप्रतिको उनीहरुको दृष्टिकोण कस्तो रहन्छ होला ? कलिलो उमेरमै कुटपिट र हातपात अनि दुर्व्यबहार भोगेका ती भोलिका कर्णदारहरुमा सहयोग र सहकार्यको भावना विकास होला या बदला र प्रतिशोधको ?

    त्यसो त भावनात्मक र सामाजिक रुपमा मात्र होइन, कानुनी रुपमा समेत शिक्षकद्वारा विद्यार्थीमाथी हातपात र गालिगलौंच गरिनु अपराध हो । शिक्षकलाइ दिइने हरेक तालीमहरुमा उक्त कुरा सिकाइन्छ र रचनात्मक सिकाइको लागि उत्प्रेरणा समेत दिइन्छ । तर, १२ बर्ष ढुंग्रोमा राखेको कुकुरको पुच्छर बांगाको वांगै भनेझै अझैपनी विद्यालयहरु पुर्णरुपमा बालमैत्री बन्न सकेका छैनन ।

    केरवानी माध्यमिक विद्यालय सामान्य विद्यालय होइन । सामुदायिक विद्यालयहरुमा नमुना विद्यालयको सूचीमा छनौट भएको यो बिद्यालयमा त यस प्रकारका गैरबालमैत्री क्रियाकलाप हुन्छन् र भइरहन्छन भने अन्य विद्यालयको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

    यी र यस प्रकारका घटना हुन र दोहोरिन नदिन विद्यालय प्रशासन, नगरपालिका कार्यालय अनि हरेक वडा , टोल र बिद्यालयहरुमा समेत खोलिएका बाल क्लवहरु सक्रिय हुन जरुरी छ

    images
  • सम्बन्धित विषय:

  • # देवदह

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com