१० पुस, काठमाडौं । विशाल राज्य, सेना र विद्वानहरुको जमात तर सत्ताधारीमा शक्तिको उन्माद र घोर अन्याय-अत्याचार अनि पाँच पाण्डव र श्री कृष्ण अर्को तिर । जो सत्य र सत्य र न्यायको लडाइमा थिए । महान ग्रन्थ गीता त्यही महाभारत लडाइको क्रममा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान हो । जसको आज जयन्ती अर्थात गिता जयन्ती परेको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ ।
वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२८ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौं अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ ।
कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविदहरु बताँउछन ।
‘त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शंका गरे, विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको हो ।
नेपाली राजनीतिले पनि गीता जस्तै ज्ञान् दिने श्रीकृष्णको खोजी भैरहेको लामो समय भयो । अहिलेको सन्दर्भमा त झन यो अझै बढेर गएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस