बागबजारस्थित सेनसेगेएई कन्सल्टेन्सीमा कोरियन भाषा सिकाउने एक प्रशिक्षक पक्राउ परेका छन्।
प्रहरीले धरान उपमहानगरपालिका(१९ घर भई काठमाडौं महानगर(रुद्रमति कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई पक्राउ गरेको हो।
उनलाई मंगलबार कालोपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कन्सल्टेन्सीमा उनी कोरियन भाषा सिकाउँथे।
उनले इपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
प्रहरी उपरीक्षक ९एसपी० ईश्वर कार्कीका अनुसार उनले विद्यार्थीहरूको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिने गर्थे।
उनले विद्यार्थीहरूबाट सो काम गरेबापत सात लाख रुपैयाँ लिने गरेको एसपी कार्कीले जानकारी दिए।
उनले नक्कली परीक्षार्थी बनी वर्षौंदेखि विद्यार्थीहरूलाई कोरिया पठाउने गरेको भन्ने महाशाखाले सूचना पाएको थियो।
सोही सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
‘उनले यो काम सन् २०१५ देखि सुरू गरेका रहेछन्,’ एसपी कार्कीले भने, ‘यसरी नै कतिलाई ठगेर विदेश पठाए।’
उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंलाई बुझाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस