५ पुष, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली ले अकस्मात संसद विघटनको निर्णय लिएपछी नेपाली राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । संसद विघटनको निर्णयको प्रधानमन्त्रीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।
संसद विघटनको प्रधानमन्त्री ओलीको निर्णय पश्चात् सामाजिक संजालमा प्रम ओलीको चर्को बिरोध भएको छ । जसमा नेकपा कै नेताहरु समेत छन।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संसद विघटनको निर्णय गलत भएको बताएका छन । त्यसै गरि अर्का नेता माधव कुमार नेपालले संबिधाननत: प्रधानमन्त्रीले संसद विघटन गर्न नमिल्ने बताएका छन । नेकपा कै प्रबक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदमलाइ असंबैधानिक भनेका छन ।
पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टिका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको कदमले संबिधानको धज्जी उडाएको प्रतिक्रिया दिएका दिदै सम्पुर्ण लोकतान्त्रिक शक्ति मिल्नु पर्ने बताएका छन ।
नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीको कदमको बिरोध गर्दै प्रतिगामी कदम भनेका छन। नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाशले प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेसले संघर्ष गर्ने बताएका छन ।
# संसद विघटनको निर्णयको
फेसबुक देखि प्रतिक्रिया दिनुहोस