आधुनिक कृषि क्रान्तिको नारा सुनेर उक्कासाएको किसान चाहन्छ
पाखुरिको मिहिनेत र पसिनाको बलले ढुंगो पगाल्छु
खियाएर हड्डी खोजेर ॠण सुन फलाउँछु ।
कृषिप्रधान त पहिल्यै थियो
अहिले किसान मैत्री पनि बन्यो रे
आहा दंग पर्दै मख्ख छ उ
त्यसैले त निस्फिक्री लमतन्न सुतेको छ
काठमाडौको सिरेटोमा ।
चाहन्छ उ
उखु बेचेको पैसाले काठमाडौमा घर किनौं
चन्द्रमामा घडेरी जोडौं
पेरिस, लण्डन र सिंगापुर घुमौं
डिस्कोमा नाचौं
क्यासिनोमा जुवा खेलौं
ठमेलको रात्री क्लबमा झुमौं ।
चिन्ता सकियो अब
गए दु:खका दिन
रुनु पर्दैन अब
आए हाँस्ने र रमाउने दिन।
त्यसैले त,
अहिले उ काठमाडौ छिरेको छ
उखु बेचेको पैसो लिएर मस्ती गरौ भनेर ।
नाच्दै छ उ, हाँस्दैछ हरपल
रमाउँदैछ पुँजिपतिको छातिमा
आहा ! मानौं त उ रत्यौंलीमा
गाउँदैछ भोजपुरी र मैथिली ।
मिडिया र युटुबेको क्यामेराको अगाडि
गाउँदैछ हर्षको गित, सुनाउँदैछ मिठो संगित
कतिले आँखामा छचल्किएको आँसु देखे होलान्
कतिले पीडा बोध गरे होलान्
तर,
सरकार र तिन्का भारदारकाहरु भने
किसानका आँखाबाट खुसिकै आँसु बगेकोमा ढुक्क छन
र त, भनिरहेछ्न – कोहि भोकै हुनुपर्दैन
कोहि दु:खले रुनु पर्दैन ।
हो, किसान लमतन्न सुतेको छ काठमाडौको सिरेटोमा
देखाउन चाहन्छ
कति हर्षित छ उ
कति गर्वित छ उ
पाएको छ उस्ले
गरिबको सरकार
किसानको सरकार
सर्वहाराको सरकार
अझ भनौं त
कम्युनिस्टको सरकार
जय राम !
जय हनुमान !!
फेसबुक देखि प्रतिक्रिया दिनुहोस