सुमन महतरा, तम्घासः गुल्मी को रेसुङ्गा नगरपालिका–१३ दुबिचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ४ जना घाइते भएका छन् ।
शुक्रबार राति गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१२ का बर्ष ३० का तेज बहादुर रानाक रहेका छन् उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको छ ।
घाइतेहरुमा रेसुङ्गा नगरपालिकाका बर्ष १७ का रमेश खत्री, रेसुङ्गा नगरपालिकाका रोशन परियार, सोहि स्थानका सुरज बिक र सुनिल बिक रहेका छन् । घाईतेहरुको शसस्त्र प्रहरीले उद्दार गरेको हो ।
घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । # गुल्मी अटो दुर्घटना
फेसबुक देखि प्रतिक्रिया दिनुहोस