३ पुस, काठमाडौं । सर्वोच्च अदालत ले सभामुख अग्नि सापकोटा बिरुद्धको मुद्दा पेशीमा चढाएको छ ।
उच्च अदालतले सांसद रेशम चौधरी र पुर्व-माओवादी नेता तथा थारुसमुदायका नेता लक्ष्मण चौधरीलाइ जन्मकैद सुनाउदै गर्दा अर्का पुर्व माओवादी नेता तथा बर्तमान सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पनि सतहमा आएको हो।
सभामुख अग्नि सापकोटाको मुद्दा द्वन्द्वकालिन मुद्दा हो । द्वन्द्वकालमा मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् । त्यही मुद्दाको पेशी शुक्रबार तोकिएको छ ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस