बीबीसी वानमा प्रसारित मास्टरसेफ द प्रोफेसनल्स २०२० को ताज एसेक्सका आलेक्सले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा नेपाली सेफ सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जितेका हुन । जसमा नेपाली सेफ सन्तोष शाहले उप बिजेताको उपाधी हात पार्न सफल भएका छन ।
बिहीबार साँझ बीबीसीबाट प्रसारित सो प्रतियोगिताको १३ओैं संस्करणको फाइनलमा उनलाई विजेता घोषणा गरिएको थियो ।
३२ जना सेफबाट छानिएर फाइनल तीनमा नेपालका सन्तोष साह, नेदरल्याण्डसका बार्ट भान डर ली र एसेक्सका आलेक्स वेव पुगेका थिए ।
नेपाली सेफ सन्तोष साह जो उपविजेता बने
सिरहा कर्जन्हाका ३५ वर्षीय साह १५ वर्षको उमेरदेखि सेफ बनेका हुन् । सन्तोष विगत १० वर्षदेखि लण्डनमा सेफ छन् । उनले प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार बनाएर प्रस्तुत गरेका थिए ।
सानैमा पिताको देहान्त भएपछि उनकी आमाले सात दाजुभाइ दिदीबहिनीके देखभाल गरेकी थिइन् । परिवारको भरणपोषणका लागि उनी दाजुको साथ लागेर भारतको गुजरात पुगेका थिए । त्यहीँबाट उनी शुरुमा रेस्टुरेन्टमा सामान्य कर्मचारी हुँदै सेफ बनेका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस