कुनै पनि ब्यक्ति ,वस्तु वा व्यवस्थाको जन्मपछि मृत्यु अनिवार्य हुन्छ । विश्वमा राजनीतिक प्रणाली, तन्त्र वा व्यवस्थाको स्वाभाविक मृत्यु भएको इतिहास छ ।
सुलभाः पुरुषाः राजन् सततम् प्रियवादिन
अप्रियस्य च पथ्यश्च वक्ताः श्रोताः च दुर्लभ :
अर्थात् मीठो बोल्ने, सुन्ने मानिस पाउन सजिलो छ तर अप्रिय कुरा बोल्ने र सुन्ने मानिस पाउन दुर्लभ छ भनेझैं सत्य कुरा तीतो लाग्न सक्छ। किन कि सत्य संधै “तीतो” हुन्छ।
नेपाली बृहत् शब्दकोशका अनुसार जनता भनेको कुनै देशमा बस्ने मानवको समष्टि भन्ने बुझाउँछ। यसैगरी, देश भनेको चारैतिर फैलिएको अनेकौं गाउँ, सहर, जिल्ला, वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग वा मुलुक भन्ने बुझाउँदछ।
राणा चन्द्रशमसेरले त्रि-चन्द्र कलेजको स्थापना गर्दा शिलान्यासको बेला भनेका थिए- “आजदेखि मैले राणाहरूको मुटुमा फलामे कीला गाडेँ”- यस्को सोझो अर्थमा बुझाई यो हुन्छ कि “शिक्षामा सर्वसाधारणको पहुँच पुग्यो भने तानाशाही ढल्छ”।
त्यस्तै, राजनीति भन्नाले (प्रजा) जनताको शान्ति, सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति भन्ने बुझिन्छ।
यसरी हेर्दा जनता, देश र राजनीति बीच अन्योन्याशृत सम्बन्ध रहेको पाइन्छ। किनकि जनता बिना देश हुन सक्दैन। जनता र देशविना राजनीतिको कुनै अर्थ रहदैन।
हरेक देशको मूल कानुन संविधानमा जनता सर्वोपरि शक्ति हुन्छन। त्यस मुलुकमा जनताले नै आफ्नो शासन व्यवस्था आफै छान्छन्। त्यसै व्यवस्थालाई जनतन्त्र, गणतन्त्र वा लोकतन्त्र भनिन्छ।
अब लागौं बिषय वस्तु तर्फ,
राणा चन्द्रशमसेरले त्रि-चन्द्र कलेजको स्थापना गर्दा शिलान्यासको बेला भनेका थिए- “आजदेखि मैले राणाहरूको मुटुमा फलामे कीला गाडेँ”- यस्को सोझो अर्थमा बुझाई यो हुन्छ कि “शिक्षामा सर्वसाधारणको पहुँच पुग्यो भने तानाशाही ढल्छ”।
इतिहासका विविध कालखण्डमा संसार भर ठूला-ठूला तानाशाहको जन्म भएको थियो। ती तानशाहले आफ्नो मुलुकमा तानशाही (अधिनायकवाद) कायम गरेर जनतालाई दास र आफूलाई मालिक (भगवान) घोषणा गर्दै जनताको रगत तनतनी पिएका कयौं घटना इतिहासका पानामा दर्ज भएका छन्।
त्यसैले त्यो देश, देश भएर पनि देश हुन सकेन, ती जनता जनता भएर पनि जनता हुन सकेनन्। तानाशाहहरूको लक्ष्य हुन्छ – जनतालाई सधैं अन्धकारमा सडाउने। शिक्षा, स्वास्थ्य, सुरक्षा, गास, बास, कपास आदि मौलिक अधिकारबाट बञ्चित गर्ने। सूचनाको हकबाट विमुख राख्ने। दासरुपी जनता सदासर्वदा तानाशाहको इच्छा मुताविक चल्नुपर्ने। तानशाहहरू जनतालाई अधिकार दिन किन चाहदैनन् किनभने जनतालाई अधिकार दिँदा जनता सचेत हुन्छन् र उनीहरूको तानशाही सत्ता पल्टाई दिन्छन्।
आदिम गणतन्त्र अन्त्य भएजस्तै, राजतन्त्र पनि समाज–विकासका क्रममा अपवादका देशमा बाहेक सर्वत्र इतिहास बनिसकेको छ । मूल रूपमा सामन्तवादको राजनीतिक तन्त्रका रूपमा रहेको राजतन्त्र पुँजीवादी र समाजवादी क्रान्ति सलह किरा जस्तै फैलिएपछि मृत्युको मुखमा पुगेको थियो ।
यद्यपि गणतन्त्रमा पनि राजशी ठाँट नदेखिएको भने होईनन। यसलाई सहज रूपमा लिनुपर्छ किनकि लामो समय निरंकुशता लादिएको तन्त्रको एकाध अवशेष रहनु नौलो कुरा होईन। भनिन्छ नि -“दासहरुलाई दासमुक्त गराईए पनि मालिकको नक्कल गर्न छोड्दैनन्”।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस