आफ्नो जन्म दिनमा आशुका पाठक द्वारा मानब सेवा आश्रममा भोजन सेवा
पछिल्लो समय नेपाली समाजमा ब्यक्तिहरु आफ्नो जन्मदिन होस या बिवाहउत्सब मनाउन होस समाजिक कार्यमा लागेको देखिन्छ । रमाईलो गर्दै पार्टि गर्नु भन्दा सो कार्यमा खर्च हुने रकम सामाजमा दुख पाएका र आफ्ना कोहि नहुनेहरुको लागी खर्च गर्ने एउटा युवा जमात नै छ । हिजो जन्म दिन पर्ने आशुका पाठक आफु उपस्थित नभय पनि आफ्नो जन्म दिन आश्रममा भोजन सेवा गरि मनायकि छन ।
केहि नहुनेहरुका लागि र कोहि नहुनेहरुका लागि छाना, नाना र खाना सहित बुटवल सुख्खानगरमा अबस्थित श्री मानब सेवा आश्रममा दिनहुं आफ्नो जन्म दिन र पुण्य तिथिमा खाना खुवाउनेहरुको बाक्लो उपस्थिति रहदै आएको छ । आश्रममा आश्रय लिदै आएका नारायण र लक्ष्मिहरु संगै सुख,दुख र खुसि साटासाट गर्ने उदेश्यले आफ्नो जन्म दिन र अन्य पुण्य तिथि मनाउने गर्दै आएकोमा स्याङ्जा वालिङ नगरपालिका उदियाचौर निवासि आशुका पाठकले समेत आफ्नो जन्म दिनको अबसरमा उक्त आश्रममा उपस्थित भयर जन्मदिन मनाएकि छिन ।

उक्त आश्रममा हाल १११ जना आश्रीत रहेका छन । तिनै ब्यक्तिहरुलाई खाना खुवाई रमाईलो गर्दै उनिहरुकै माझमा जन्मदिन मनाइने गरिन्छ । आफ्नो जन्मदिन मनाउन खर्च हुने फजुल खर्च कटाएर आश्रममा जन्मदिन मनाएको पाठकले बताइन ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस