आज भन्दा ठिक ६६ बर्ष पहिले आजकै दिन अर्थात ११ डिसेम्बर १९५४ मा कास्की जिल्लाको ढिकुर पोखरीमा जन्मीएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा एक शिखर नाम हो ।
नेपालकै इतिहासमा पहिलो पटक भएको १० बर्षे लामो सशस्त्र बिद्रोहको नेतृत्व गरेका प्रचण्डले बि. एस्सी एजी सम्मको औपचारिक अध्ययन गरेका छन। पेसाले शिक्षक समेत रहेका उनी समाजमा ब्याप्त अन्याय, अत्याचार र यावत शोषण, दमनको विरुद्धमा आफ्नो सुरक्षित पेसा छोडेर संघर्षमा होमीएका थिए ।
लामो समयसम्म बिद्रोही दल र तत्पश्चात हालसम्म पनि देशको प्रमुख मध्यको राजनीतिक दलको प्रथम ब्यक्ति भएका प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत हुन ।
प्रखर र स्पष्टबक्ता प्रचण्ड कुटनितिमा समेत माहिर मानिन्छन् । उनलाई युद्द कुटनितीका त बादसाह नै भन्दा पनि फरक नपर्ला । यथास्थिति होइन, अग्रगमन । निरन्तरता हैन, क्रमभंगता भन्ने उनको भनाइले नेपाली राजनीतिक इतिहासमै अग्रगमन र क्रमभंगता ल्याएको थियो ।
गणतन्त्र, संघियता, धर्मनिरपेक्षता लगायत हाल जति पनि राजनैतिक उपलब्धी भएका छन ती सबैसंग प्रत्यक्ष जोडिएका र नेतृत्व समेत गरेका प्रचण्डले नेपाली राजनीतिक इतिहासमा आफ्नो स्थान बनाइसकेका छन। प्रचण्डलाई जन्मदिनको शुभकामना !
फेसबुक देखि प्रतिक्रिया दिनुहोस