• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

स्वास्थ्यमन्त्रीद्वारा अस्पतालको भवन शिलान्यास तर भवन बनाउने जग्गा नै छैन

३ महिना अगाडि
स्वास्थ्यमन्त्रीद्वारा अस्पतालको भवन शिलान्यास तर भवन बनाउने जग्गा नै छैन
50
Shares
123
Views

चितवन : नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो ।

बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ । बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो । अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले छ बिघा, भरतपुर आँखा अस्पतालले छ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालले करिब १० बिघा मात्रै जमीन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।” स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ । अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उहाँले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँड्दाबाँड्दै जग्गा अभाव भयो ।” अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य सङ्घसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उहाँको भनाइ छ ।

शैक्षिक प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरिँदैछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउनुहुन्छ । मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन । गुरुयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ ।

चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामीको उपचार गर्ने सङ्घीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

तत्कालीन राप्ती दुन विकास कार्यक्रमअन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झण्डै ३१ बिघा जग्गा छुट्याउनु भएको थियो । अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जति मात्रै जमीन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ । डेढ बिघा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ । विगतमा जग्गा पाएका संस्थालाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन् ।

Related

ट्यागहरू: #जग्गा समस्या#भरतपुर अस्पताल#स्वास्थ्यमन्त्री
अघिल्लो समाचार

रमेशले निम्त्याउँदा मुकुन्देले भने 'केटाकेटिको बिहेमा पाको मान्छे जानू हुँदैन', आज बिहे गर्दै रमेश

अर्को समाचार

आज मंसिर २३ गते मंगलबार, दुर्गामाताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

अर्को समाचार
आज मंसिर २३ गते मंगलबार, दुर्गामाताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

आज मंसिर २३ गते मंगलबार, दुर्गामाताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार