मांसाहारी प्रेम
म गाउँको छोरो
आटों, गुन्द्रुक
महि, मकै
यस्तै यस्तैमा हुर्किएको
तिमी शहरकी छोरी
म:म, सुकुटी
सेकुवा, भुटुवा
त्यस्तै त्यस्तैमा हुर्किएकी
आज,
यो गाउँ र शहरको
यो शाकाहारी र मांसाहारीको
एका-जंगलमा भेट भएको छ
भनन,
तिमी मलाई मांशाहारी प्रेम गर्छौ
या शाकाहारी?
म तिमिलाइ शाकाहारी प्रेम गरुँ
या मांसाहारी ?
(२०६६-०७-०१, बुटवल)
# मांसाहारी प्रेम
फेसबुक देखि प्रतिक्रिया दिनुहोस