काठमाडौं : नेपाली राजनीतिमा नेताहरुको एकाएक टिकटक मोह बढेको छ । बिशुद्द मनोरञ्जनको लागि बनाइएको मोबाइल एप्स टिकटकमा प्रधानमन्त्री केपी ओली जोडिएको केही समयमै राप्रपा अध्यक्ष कमल थापा पनि टिकटकमा जोडिए।

माइक र आफ्नो अगाडी एक जना कोही भेटिए भने घण्टौं नानाथरी गफ गरेर आफ्नो र अरुको समेत समय बर्बाद गर्ने नेपाली नेताहरुले टिकटकमा बढिमा एक मिनेटमा आफ्ना भनाइ कसरी राख्नेछन त्यो भने आउने दिनमा देखिने नै छन।
भनिन्छ, नेपाली समाज नै लहडे छ, कोहि एक जनाले एउटा कामको सुरुवात गरेपश्चात सबै त्यसैको पछि कुद्छन । यो स्वभाव नेताहरुले अब टिकटकमा देखाउने अनुमान गर्न सकिन्छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस