बिबिसीद्वारा २०२० का बिश्वका प्रेरणादायी र प्रभावशाली १०० महिलाहरुको सुचिमा समाबेश नेपालकी सपना रोका मगरको चर्चा यतिबेला बिश्वभरी नै चुलिएको छ।
म्याग्दी जिल्लाको एक गाउँको सामान्य परिवारमा जन्मिएकी सपनाका उनको अनुहार जस्तै किस्कपट र सरल सपनाहरुको प्रशंसा शब्दमा गरेर सायद संभव नहोला । बिबिसी र विभिन्न मिडियाबाट प्राप्त उनका दुई भनाइहरुको व्याख्या सहित यो समाचार तयार पारिएको छ।

सपनाले भनेकी छन – ‘विश्वभरि नै घरबारविहीन र त्यागिएका मान्छेहरू छन् । सडकमै मृत्युवरण गर्ने व्यक्तिहरू पनि अन्तिम संस्कारका लागि लायक त हुन्छन् नै । ‘म यो काम सामाजिक सेवाका लागि गरिरहेको छैन, मेरो मनको शान्तिका लागि गरिरहेकी छु ।’ अबस्य पनि समाजसेवा गरिने नै मनको शान्तिको लागि हो । यो निस्वार्थ हुन्छ र पब्लिसिटीसंग यसको खास लेनदेन नै हुदैंन ।सपनाको यो काम गराइ र भनाइले नेपाली सामाजमा ब्याप्त समाजसेवाको गलत अभ्यासलाई गतिलो दनक दिएको छ । दुइकोसा केरा र केही दाना स्याऊ बाडेको फोटो खिचेर, समाजसेवी कहलाउन खोज्नेहरुलाइ सपनाको कार्यले कुरि-कुरि भनिदिएकोछ।
त्यतिमात्र होइन, गासबासकै अभावले पर्देशिएकाको पसिनाले संगालेको थोपा थोपा कमाइलाइ यो या त्यो बाहानामा चन्दाको नाममा लुटेर उक्त रकम समेत आधा आफै झ्वाम पारि बाँकी २-४ हजारका ज्याकेट, कम्मल वा झोला र टोपी बाँडेको फोटो पोस्ट्याएर आफुलाइ युवा समाजसेवी भन्न रुचाउने ढोंगीहरुलाइ समेत यसले नांगो बनाइदिएको छ ।
त्यसैगरी अर्को एक प्रशङ्गमा सपनाले भनेकी छन- ‘यति धेरै जिउँदा मान्छे भएको सहरको कुनै कुनामा वर्षौँदेखि कुहिएर बसेका शव छन् ।’ सपनाले मृतशरिरहरुको ब्यबस्थापन गर्ने हुनाले उनले उक्त कुरा देख्नु र भन्नू स्वभाबिक नै हो । तर, यो दुनियाँको अर्को कटु सत्य यो पनि हो कि शारीरिक रुपमा ज्युँदा, शिक्षित, सुकिला, अनि भलाद्मी देखिने करोडौं मान्छेहरुको मन र मस्तिष्कहरु भित्रभित्रै कुहिएका छन । गन्हाएका छन । ती सडेगलेलेका मस्तिष्कहरुको सहि ब्यबस्थापन गर्न सके सायद संसारमा कसैले धोका पाउनु पर्ने थिएन । कसैले पिडा भोग्नु पर्दैनथ्यो अनि कसैले रुनु पर्दैनथ्यो । संसार काल्पनिक स्वर्ग झै सुन्दर हुनेथियो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस