देवदह | आज छठ पुजाको समापन, देशभरिका पबित्र नदिहरुमा झै रुपन्देहीको देवदहस्थित यशोधारा नदी (घोडाहा खोला) मा पनि यहाँका स्थानीय छठ पर्व मान्ने समुदायले आज उदाउदो सुर्यलाइ अर्घ दिएर छठ पर्वको बिधिवत बिसर्जन गरेका छन ।

बिहानै पुजा सामाग्रीसहित नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व समापन गरि प्रसाद बाँडिएको छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा आदि राखी रमाइलो गरि स्थानीयहरुले यो पर्व मनाएका छन।

स्मरण रहोस, सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस