• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

नेकपाका दोश्रो पुस्ताका नेताले तताए सामाजिक संजाल : कस्ले के भने ?

४ महिना अगाडि
1 min read
नेकपाका दोश्रो पुस्ताका नेताले तताए सामाजिक संजाल : कस्ले के भने ?
52
Shares
126
Views

नेकपाका तल्लो तहका कार्यकर्ताका बिचमा खुल्ला रुपमा हुँदै आएको आरोप प्रत्यारोप अब पार्टिका दोस्रो तहका नेतासम्म पनि पुगेको छ । दोश्रो पुस्ताका नेता बर्षमान पुन अनन्त, शंकर, गोकुल बास्कोटा, सुर्य थापा, दीपशिखा लगायतले खुल्ला रुपमा केपि ओली र प्रचण्ड आ-आफ्ना नेताको समर्थनमा सामाजिक संजाल तताएका छन। हेरौं आज दिनभरिमा कुन कुन के-के लेखे ?

बर्षमान पुन ‘ अनन्त’:

पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात भएकोछ/ पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो /पार्टीमा हुने छलफल ,बहस ,अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन/ पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा बिधी,पद्धति र राजनीतिक सँस्कारको बिकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु/

शंकर पोखरेल:

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।
व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ । अध्यक्षहरु व्यक्तिगत विचार राख्न स्वतन्त्र छन् । तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमती हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ । गंभीर विवादका वेलामा यस्ता विषयमा झनै संवेदनशील वन्नु पर्दछ ।

गोकुल बास्कोटा:

अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आराेपकाे पुलिन्दा हेर्दा अब पार्टीकाे एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनाेवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्ताे देखियाे।फिर्ता लिने वा गंभीर तनावकाे यात्रा राेज्ने?मर्जी आफ्नै त हाे!

सुर्य थापा:

अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनाेमानीपूर्ण ढंगले बाँडेकाे अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमकाे पुलिन्दा र तथ्यकाे नांगाे भ्रष्ट्रीकरण हाे ।
यस्ताे लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षकाे सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेकाे निर्णयकाे याे ठाडाे उल्लंघन हाे । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेकाे हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।

रामप्रसाद सापकोटा ‘ दीपशिखा’:

पार्टी एकतापश्चात पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानि फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामुहिकतालाई स्विकार्ने सार्वजनिक स्विकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला नत्र बैठकमा प्रवृतिगत विषयहरुमा छलफलका लागी गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो ।
अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु -धम्क्याउनु हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् । पार्टी कमिटिमा प्रस्तुत विषय कमिटिमै छलफल हुनदिऊँ । जिम्मेवारहरुले फुटको धम्कि नदिऊँ ।

Related

ट्यागहरू: #नेकपा बिबाद
अघिल्लो समाचार

रोबर्टो फिरमिनोको निर्णायक गोल

अर्को समाचार

आज कात्तिक ३० गते आइतबार, माता लक्ष्मीको दर्शन गरी राशिफल हेर्नुहोस

अर्को समाचार
आज कात्तिक २९ गते शनिबार, लक्ष्मी पुजा, माता लक्ष्मीको दर्शन गरी राशिफल हेर्नुहोस

आज कात्तिक ३० गते आइतबार, माता लक्ष्मीको दर्शन गरी राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार