गजल
सपना आफ्नाकै साथले गर्दा साकार हुन्छ
खम्बा होइन परिवार घरको आकार हुन्छ।।
सोच्थे त्यो गरिब गाउमा के खान पाउँला र खै
थाहा भो आमाको बारीमै हजार परिकार हुन्छ।
बन्दीले बन्दको बेडी लगाउने त गरिबलाइ रहेछ
धनीको त सधैँ हिँड्ने निजी मोटर कार हुन्छ।
एक परदेशी भौँतारिँदै छ परदेशको गल्लीमा
सोच्दैछ धन भन्दा ठूलो पक्कै परिवार हुन्छ।
मन्दिर गई देउता पुज्नेले यो कहिल्यै बुझेनन्
सेतो एप्रनमा डाक्टर भगवानकै अवतार हुन्छ।
✍️सबिना ढकाल (दिया)
फेसबुक देखि प्रतिक्रिया दिनुहोस