२२ कात्तिक, काठमाडौं । शुक्रबार पार्टी केन्द्रीय मुख्यालय धुम्बाराही मै कार्यकारि अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यहरुको बैठक राखेपश्चात नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।
यस अघि कहिले प्रचण्ड निवास, कहिले झलनाथ त कहिले नेपाल निवासमा बस्दै आएको प्रचण्ड खेमाको बैठक पार्टी केन्द्रिय कार्यलयमै त्यो पनि बहुमत सदस्य सहित बसेपछी ओलि समूह समेत झस्किएको छ ।
‘अनौपचारिक’ भनिएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली त गएनन् नै, तीनजना सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल पनि सहभागी भएनन् ।
सचिवालयका नौमध्ये पाँच नेता -प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी बैठक अर्का अध्यक्ष ओलीलाइ औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष सकियो ।
दुई ‘बा’ लाई फकाउन दुबै समूह ब्यस्त
नेकपाका दुई प्रभावसाली नेताहरु वामदेव र बादल (दुई ‘बा’) नेकपा विवाद र समाधानका निर्णायक हुने देखिएको छ । यतिबेला प्रचण्ड खेमा बादल फकाएर बर्षात गराउने योजनामा छ भने ओलि खेमा भने बामदेव फकाएर बाजी मार्ने तयारीमा छ ।
शुक्रबारको धुम्बाराही बैठकमा यस अघि खुमलटार बैठकमा सहभागी रामबहादुर थापा ‘बादल’ सहभागी हुने अपेक्षा गरिएको थियो । नेकपा प्रबक्ता स्रोतका अनुसार नेकपाका अन्य ४ सचिवालय सदस्यमध्य केही सदस्यहरु कार्यब्यस्तताका कारण सहभागी नभएका हुन । यसको मतलब प्रचण्ड-नेपाल समूहले अन्तिममा बादल आफुहरुसंगै आउने बिस्वास गरेको छ।
त्यसो त ओलि समुहले पनि प्रचण्ड खेमाका बामदेवलाइ फकाउने कार्यमा पुर्णबिराम लगाइसकेको छैन। कहिले राष्ट्रपति निवास बोलाएर त कहिले बालुवाटारको ‘बालुवाबाट सुन निकालेर हातमा राखिदिने’ प्रस्ताव बामदेवलाइ राखिएकै छ। यद्यपि पटक पटक ओलि समुहबाट थाङ्नामा सुताइएका गौतम यसपाली भने नचिप्लिनेमा प्रचण्ड खेमा ढुक्क छ ।
यसरी प्रचण्ड खेमा बादललाई हातमा लिएर ओलि समुहलाइ थप कमजोर बनाउन उद्दत छ भने ओलि समूह बामदेवलाइ हात लिन सके आफू तिर बहुमत जुट्ने हुनाले बामदेव फकाउने जुक्ती निकाल्न मै ब्यस्त देखिएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस