के तपाइँ कसैसंग बैधानिक प्रेममा हुनुहुन्छ ? अथवा तपाइँ श्रीमान वा श्रीमतीबाट टाढा हुनुहुन्छ र कुनै परपुरुसष वा पर-स्त्रीसंग अबैधानिक सम्बन्धमा रहनुभएको छ? या त, संगै रहेका आफ्नो श्रीमान र श्रीमतीलाई धोका दिएर बाहिर चक्कर चलाउदै हुनुहुन्छ? यदि त्यसो हो र तपाइँ आफ्नो प्रेमी वा प्रेमिलालाइ आफ्ना गोप्य अंगसहितका अस्लिल तस्बिर वा भिडियो शेयर गर्नुभएको छ वा गर्दै हुनुहुन्छ भने तपाईंको बर्दादीको समय त्यति टाढा नहुन सक्छ ।
तपाइले आफ्नो मोबाइल वा अन्य कुनै वैद्युतिया उपकरणबाट अस्लिल तस्बिर र भिडियो हटाएपनी ह्याकर वा त्यस सम्बन्धि दक्ष मान्छेले तपाइँको उक्त डाटामा सजिलै प्रवेश पाउन सक्ने र अन्ततः पोर्न साइटहरुमा उक्त तस्बिरहरु बिक्रि गरिने एक अनुसन्धानले देखाएको छ ।
एक अध्ययनका अनुसार तपाइले आफ्नो उपकरण वा एकाउन्टबाट कुनै पनि फाइल डिलिट गरेपनी जुन सामाजिक संजाल वा मेसेज एप्लिकेसन तपाइँले प्रयोग गर्नु भएको छ, त्यहाँ बर्षौं सम्म ती फाइलहरु सुरक्षीत नै रहन्छन । र, यदि कुनै दिन कोहि पनि ह्याकरले उक्त साइट ह्याक गरेको खण्डमा तपाईका गोप्य अंगसहितका फोटो र भिडियो सजिलै सार्वजनिक हुन सक्नेछन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस