पुर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कोभिड-१९ पुष्टि भएको छ। डा. भट्टराईले ट्विट गर्दै आफू र पत्नी हिसिला यमि दुबैलाइ कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन ।
ट्विटमा उनले लेखेका छन ‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।
चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!
फेसबुक देखि प्रतिक्रिया दिनुहोस