उत्तरमा सिन्दुली , पुर्वमा मोहत्तरी , पश्चिम रौतहट जिल्ला र दक्षिणमा भारत अस्थित छ । सदरमुकाम मलगवा भएपनी केही नया शहरको अवधारणा अघि सार्दै लालबन्दी हरिवन बरहथवा बयलबास कर्मैया गोडैता र बलरा नया शहर बन्ने होडमा लालायित छ। यस जिल्लाबाट काठमाडौ जोड्ने बिपि राजमार्ग ४४ कि.मि र निजगढ काठमाडौ दुर्त मार्ग पनि ४४ कि .मि नै रहेको छ। बन्न लागेको अन्तर्राष्ट्रिय बिमानस्थल पनि त्यतिनै दुरिमा रहेको छ यसले सर्लाही जिल्ला प्रदेश २ राजधानी मागको लागि अझ बल पुर्याउछ ।
प्रदेश २ मा आठ जिल्ला रहेको छ । सप्तरी ,सिरहा ,धनुषा ,मोहत्तरी , सर्लाही , रौतहट ,बारा र पर्सा जिल्ला रहेको छ । यहि बिचभागमा प्रदेशिक राजधानी हुनु पर्दछ यसले सर्लाहीले सबैको भावनालाई कदर गर्दछ । विभिन्न राजनीति आन्दोलनमा सर्लाही जिल्ला अग्रणी छ । राजेन्द्र महतो , महन्त ठाकुर ,महेन्द्र राय यादव , रामेश्वर राय यादव , मिना पाण्डे र बद्वी न्यौपाने देखि अब्बल राजनीति मा आज सम्म मधेसीको लागि राजनीति गर्ने भन्ने विभिन्न राजनीति आन्दोलन गर्ने आज राजधानीको लागि सर्लाही जिल्ला सम्झनु पर्दछ कि नाइ जतिपनी मधेशि पार्टी जन्म सर्लाही जिल्लानै हो तर पनि राजधानीको बिषयमा किन कन्जुस्याइँ भन्नू पर्यो सर्लाही जिल्लाको पानी खाने संसदले सर्लाही जिल्ला राजधानी प्रस्ताव गर्दछु ।

राष्ट्रको लागि योगदान दिएको जिल्ला हो सर्लाही निखिल उप्रेती , सारङ्गा श्रेष्ठ , शिव परियार , कमल खत्री , शिव शकर रिजाल , यश परियार ,मुकेश आचार्य र सहित्यकार दिनेश अधिकारिको जिल्ला हो त्यसैले पनि यो क्षेत्र देशको लागि २ प्रदेशको प्रतिनिधित्व गर्दछ । विभिन्न जाती , भाषा लगायत सास्कृतिक सबै जातजातिको प्रतिनिधित्व गर्दछ जातिय सद्भाव अरु जिल्ला भन्दा उदाहरणिय रहेको छ। राजधानी हुन चाहिने सबै सुबिधा पुग्छ खुला बस्ती चुरे क्षेत्र र बाग्मती नदिको किनार पर्यटन र राजधानीको लागि उपयुक्त क्षेत्र हो ।

बिरगंजलाई ब्यापारिक , राजबिराज औद्योगिक र जनकपुरलाई धार्मिक स्थलको रुपमा बिकाश गर्दै नँया संरचना सहितको राजधानी बनाउदा विकसित शहर भन्दा राम्रो हुने र भबिस्यमा आउने पुस्तापनि काठमाडौ भन्दा अझ राम्रो हुने नत काठमाडौं जस्तै अव्यवस्थित शहर हुन पुग्छ यसमा दुई मत छैन । ब्यवस्थित शहर बनाउन राजधानी नया ठाउमा उपयुक्त हुन्छ।

बाग्मती नगरपालिका , हरिवन नगरपालिका र बरहथवा नगरपालिका मिलाइ सुन्दर ब्यापारीक र प्रशासनिक क्षेत्रमा बिस्तार गरि सुन्दर माहानगरको रुपमा बिकाश गर्न सकिन्छ । उत्तरमा चुरे पर्वत पश्चिममा बाग्मती नदि पुर्वमा ब्यापारिक र दक्षिणमा ब्यापारीक क्षेत्रको रुपमा बिकाश गर्न सकिन्छ । यसकोलागी राजनीति सहमति मधेसीवादी दल तिनका कार्यकता नेकपा र काग्रेस बिच उच्च राजनीति सहमति हुन जरुरी छ । राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र राय यादवले हिम्मत गर्न जरुरी छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस