विगत लामो समयदेखि नेपालमा कोरोना भाइरसले सम्पूर्ण नेपालीको जनजीवन अस्तव्यस्त बनाएको छ। नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट धेरै ग्रसित भएका छन्। यस्तो अवस्थामा नेपाल सरकारले कोरोना संक्रमितहरुलाई उपचारका लागि भने खर्च आँफैले गर्नुपर्ने बताएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। धेरैले त कोरोनाको इन्स्योरेन्स पनि गरेका छन्। उनीहरुलाई त इन्स्योरेन्स कम्पनीले नै गर्छ, तर जसले इन्स्योरेन्स् गरेका छैनन् उनीहरुले आफ्नै खल्तीबाटै खर्च गरेर कोरोनाको उपचार गर्नुपर्ने उनले बताए ।
त्यस्तै डा. गौतमका अनुसार जो आर्थिक रुपले विपन्न तथा असक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिःमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निशुल्क गरिनेपनि बताएका छन्। तर उनीहरूले पनि बीमा गरेको भए बीमा कम्पनीले नै खर्च बेहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस