विभिन्न ६ बुँदे माग राख्दै डा.गोविन्द केसी २४ दिनदेखि अनशन बसिरहेका छन्। भदौ २९ मा जुम्लाबाट अनशन थालेका डा.केसी अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत रहेका केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ।
डा. केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्।
डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको तथा शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्। अहिले त केसीलाई अक्सिजनको मात्रा पनि कम भएको छ। उनलाई बेलाबेला अक्सिजन दिनुपर्ने भएको चिकित्सकहरूले बताएका छन्।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस