प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने बिषयले पुरै देशको राजनीति तताएको छ । रुपन्देही बन्द गरिएको छ । संसदमा केही सांसदहरुले कुर्सी लगायतका सामान तोडफोड गरेका छन । प्रदेशका मन्त्रीले सम्मानित सदन मै विपक्षी दलका सांसदलाइ घिसारेर निकाल्न निर्देशन दिएका छन । जब कि संसदमा रुलिङ्ग गर्न पाउने अधिकार सभामुखसंग मात्र हुन्छ । मुख्य मन्त्रीको सवारी साधनमा ढुंगा हानिएको छ । र, सारमा भन्दा राजधानीको बिषय पेचिलो भएर अगाडि आएको छ ।
निर्वाचनताका रुपन्देहीबाट निर्वाचन लड्ने नेताहरुले बुटवल राजधानी बनाउने कुरालाइ नै आफ्नो पहिलो
एजेन्डा बनाए । जब कि दाङबाट चुनाव लड्ने सोही पार्टिका नेताहरुले प्रदेश ५ को राजधानी जसरी पनि दाङ मै ल्याउने प्रतिबद्धता जनाएर र बिजयी पनि भएर आए । यसरी मुख्य दुई दल नेकपा र नेकाले प्रदेश राजधानीलाई बिना सुझबुझ मात्र भोट बटुल्ने अस्त्र बनाए । र, अझै पनि बनाइरहेका छन ।
राजनीतिक बिश्लेषकहरु भन्छन – “अहिले भइरहेको सारा टिक्डम पनि आफ्नो भोट बैंक बचाइराख्नका लागि हो । न रुपन्देही न त दाङ कहिंका नेतालाइ पनि चिन्ता राजधानीको हुँदै होइन ।” राजनीतिका जानकारहरुका अनुसार राजधानी चाहिएकै चै जग्गा ब्यापारीको लागि हो । बुटवलमा अस्थायी राजधानी तोकिएपछी यस क्षेत्रका जग्गाहरुको भाउ ह्वात्तै बढेको छ । त्यसो त निर्वाचनताका नै नेकपा नेता बिष्णु पौडेल, टोपबहादुर रायमाझी, नेका नेता बालकृष्ण खांड लगायतले स्थानीय घोषणा पत्रमा बुटवललाई राजधानी तोकिदिएपछि नै यहाँको जग्गा छोइनसक्नु भएको हो । र, निर्वाचन देखि नै हालसम्म पनि दाङको समेत अबस्था उस्तै छ ।
कोहि सर्बसाधारणहरु समेत राजधानीको बहसमा आफुलाइ उतारेका अबस्य पनि छन । तिनीहरु ती हुन, जसलाई आफ्नो जग्गा बिक्रि गराउन जग्गा दलालहरुले राजधानी बन्ने र अहिले लाखौंमा किनेको एक टुक्रा जग्गा पनि करोडौं मुल्यबराबरको हुने र छिट्टै सजिलो र छोटोबाटोबाट करोडपति हुन सकिने भनेर ‘ब्रेनवास’ गरिदिएका थिए ।
त्यसै गरि राजधानीको मुद्दा पेचिलो हुनुको अर्को कारण हो – नेताहरुको जुँगाको लडाइ । विशेष गरि नेकपामा बिष्णु पौडेल र शंकर पोखरेलको जुङ्गाको लडाइ यतिबेला उत्कर्षमा छ। रुपन्देहिमा कुनै बेला सुकुम्बासी ओगटेर बसेका पौडेलले रुपन्देहीकै राजनीतिबाट काठमाडौंमा आलिसान महल खडा गरिसकेका छन र पनि उनी चुनाव लड्न भने बुटवल नै आउने गर्छन । र, बारम्बार चुनाब जितेका पनि छन । त्यसैगरी हालका मुख्य मन्त्री शंकर पोखरेल पनि दाङका एक प्रभावशाली नेता हुन र उनले बिष्णु पौडेलको चुनावी क्षेत्र बुटवलमै बसेर उनलाइ च्यालेन्ज गर्नुमा र राजधानी सारेर दाङ लैजाउनुमा आफ्नो जीत देखिरहेका छन ।
उता पौडेललाइ केपि ओलिले अर्थ वा गतिलो मन्त्रालय दिने भनेपछि स्थायि राजधानी दाङ लैजाने बिषयमा मुन्टो हल्लाएका पौडेलले मतदाताको चर्को बिरोधपछि आफुले रुपन्देही मै राजधानी चाहेको जनाउ दिन हरसम्भव प्रयास गरि नै राखेका छन । र, संघसंस्थाका नाममा बिज्ञपति निकाल्न र आन्दोलनमा सहभागी हुन आफुले भर्ती गरेका मान्छेहरुलाइ उत्प्रेरणा दिइरहेका छन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस