प्रदेश नं ५ मा राजधानीको विषयलाई लिएर चर्चा परिचर्चा भइरहेको समयमा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणले प्रदेश नं ५ को राजधानी बुटवलमै हुनुपर्ने माग गरेका छन् ।
खाँणले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै राजधानीको विषयमा विज्ञ समूहले दिएको सुझावलाई पन्छाइ गलत प्रक्रिया अपनाइएको भन्दै त्यसको विरोध गरेका छन्
विज्ञप्तिमा उल्लेख गरिए अनुसार
‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस