नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा रुपन्देही क्षेत्र न. १ का संघिय सांसद छबिलाल बिश्वकर्मा बिगत केही दिन देखि आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त रहेका छन। केही समय अघि अनलाइनमार्फत नै देवदहमा १५ सैयाको अस्पतालको शिलान्यास गरेका बिश्वकर्मा यतिबेला भने प्रत्यक्ष भेटघाटमा ब्यस्त रहेका हुन ।
बिहिवार मात्र देवदह पार्टी कार्यालयमा युवा नेता कार्यकर्तासंग भेटघाट गरेका उनले देवदह आसपासमा चालू बिकासका योजनाहरुको अबलोकन गरेका थिए । भेटघाटकै शिलशिलामा सांसद बिश्वकर्माले आज रोहिणी तथा ओमसतिया गाउँ पालिकाका विभिन्न विकास निर्माणका कामहरुको अवलोकन गरेका छन ।

अबलोकन कार्यक्रममा सांसद बिश्वकर्माका साथमा नेकपाका केन्द्रिय सदस्य तथा जिसस रुपन्देहीका संयोजक एकराज विक, नेकपा क्षेत्र न. १ इन्चार्ज तथा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, नेकपाका क्षेत्रीय संयोजक यज्ञ गैरे, नेकपा प्रदेश समिती १/१ का संयोजक संजय गुप्ता, रोहिणी गाउपालिकाका अध्यक्ष सनोज यादव, नेकपाका जिल्ला सदस्यहरु प्रदिप पाण्डे , नरसिह चौधरी तथा युवा नेताहरु शैलेन्द्र उपाध्याय, मन बहादुर थारु, भोला क्षेत्री लगायतको सहभागीता थियो।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस