असोज १४,जनकपुर संबाददाता
जनकपुर -जयनगर रेल सञ्चालनका लागि
नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदका लागि १ सय २९ जना कर्मचारी माग गरेको थियो। असोज १२ गते सम्मको अन्तिम म्याद सम्म करिब ३२ हजारले आवेदन दिएका छन्।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टर्राईले कोरोना नियन्त्रण नभए नेपालभित्रै रेल चलाउँने बताउनुभएको छ। कोरोना महामारीबीच नेपाल र भारतको क्रस बोर्डर भएर चल्ने जनकपुर– जयनगर रेल सञ्चालनमा ढिलाइ भए पनि रेल चाँडै नै चल्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो। ‘नेपालभन्दा छिमेकी देश भारतमा कोरोनाको कहर बढी भएका कारण नेपाल–भारत रेल चलाउन नसकिए पनि नेपालभित्रै भए पनि रेल चलाउँले बताउनुभएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस