प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज अपराह्न १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको बताइएको छ।
आज बस्ने बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिएका छन्। उक्त अध्यादेश मन्त्रिपरिषद्बाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ। त्यस्तै अन्य केही विधेयकका बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस