वि.स:२०७७ असोज ११ गते आज आईतबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तपाईंका लागि आजको दिन राम्रो देखिएकाे छ। आफूले चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ, भने प्रेम र मित्रताको बन्धन बलियो देखिएको छ। व्यवसाय राम्रो हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तपाईंको आजको दिन निकै राम्रो देखिएको छ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। तपाईंका लागि आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको दिन तपाईंका लागि उत्साह जनक हुनेछ, भने पढाइ लेखाईमा राम्रो देखिएको छ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको दिन तपाईंको आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विश्वास गरेको मान्छेबाट ढोका हुन सक्ला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।
तला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईंको आज जटिल काम सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज तपाईंलाई विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो,
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस