आइपिएलमा नराम्रो खेलेको भन्दै विराट कोहलीलाई १२ लाख भारु जरिवाना गरिएको छ।
आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीले किंग्स–११ पञ्जावविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू) जरिवाना गरिएको हो। कोहलीले दुई पटक क्याच समेत छाडेको र उक्त खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो ।
आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उल्लङघन’ गरेको अभियोगमा कोहलीमाथि जरिवाना गरिएको हो । दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच समेत छुटाएका थिए।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस