वीर अस्पतालमा एक जना कैदी बन्दीको मृत्यु प्रकरणमा सांसदहरूले शव व्यवस्थापनमाा अस्पतालको कमजोरी भएको आरोप लगाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा सांसदहरूले शवगृह व्यवस्थापनलाई प्राथमिकतामा राख्न अस्पताल प्रशासनलाई आग्रह समेत गरेका छन् । यस्ता घटनाले जनतामा नकारात्मक सन्देश गएको भन्दै सांसदहरुले शवगृह व्यवस्थापनमा उचित ध्यान दिन आग्रह पनि गरेका छन् । नकारात्मक विषय चाँडै बाहिरिने भएको भन्दै अब देखि यस्ता विषयलाई ख्याल गर्नुपर्ने बताएका छन्।
उक्त छलफलमा वीर अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा डीएन साहले कोरोना अघि शवलाई केहि दिन राख्नुपर्ने भए शिक्षण अस्पतालमा पठाइने गरेपनि कोरोनापछि भने शव व्यवस्थापनमा समस्या आएको बताएका थिए।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस