बुधबारदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा ठूलो बाढी आएको छ। ठूलो मात्रामा आएको बाढीले तिनाउ नदीमा खतराको तह नाघे पछि अहिले तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका घरहरू जोखिममा परेका कारण उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
पूर्वानुमान शाखाका अनुसार तिनाउ नदीमा ५ दशमलव २ मिटरसम्म सतर्कताको तह र ५दशमलव ६ मिटरसम्म खतराको तह मानिने गरेकोमा बिहीबार (आज) बिहान साढे ७ बजे तिनाउको जलसतह ५ दशमलव ७१ मिटर मापन गरिएको थियो। पानीको सतह अझै बढ्न सक्ने भन्दै त्यहाँका सर्वसाधारण हरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यस्तै तिनाउ नदीमा पानीको सतह बढिरहेको अवस्थामा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती अहिले ठूलो जोखिममा रहेको त्यहाँका स्थानीयले बताएका छन् ।
तिनाउ नदिले किनारबाट कटान गरिएको छ, आज बिहानदेखि नदिले छेउ क्षेत्रमा कटान गर्न थालेपछि नदिछेउमा बसोबास गरिरहेका सुकुम्बासी बस्तीमा जोखिममा परेका छन्।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस