अबिरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ ।
केहीदिन देखि परेको अविरल वर्षाले खसेको परिरोका कारण बुटवल नारायणगढ राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीकार्यलय कावासोतीले जनाएको छ। प्रहरीका अनुसार दाउन्नेमा मात्र ५ ठाउँमा पहिरो गएको बताइएको छ।
अहिले बुटवलबाट जाने र नारायणगढ बाट आउने सवारी साधन सडकमै रोकिएका छन्। पानी पर्न नरोकिएको कारण पहिरो हटाउन मुस्किल परेको प्रहरीले जनाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस