मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आज २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्थित शान्ति पुनर्स्थापना गृहको चेक पोस्ट अगाडी लागू औषध ( चरेस ) बरामद गरेको छ l
नेपालबाट भारत तर्फ जादै गर्दा मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० कि शान्ति तामाङ र दाङ त्रि.न .न पा ७ घर भइ हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ बानियाभर बस्ने वर्ष ३५ की बस्ती घर्तिलाई चेक जांच गर्दा ३७ किलो लागू औषध ( चरेस ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन। उनिहरुलाइ लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस