गएको शुक्रबार जनकपुरमा दुईवटा रेल ल्याइएका छन्। नेपाल सरकारले भारतबाट खरिद गरेर ल्याएको उक्त रेल सञ्चालनमा अझै आएको छैन। रेल सञ्चालन गर्नका लागि नेपालमा दछ्क्ष जनशक्ति नभएको र कोरोना भाइरस अझै पनि कम नभएका कारण नेपाल भारतसँगको सीमा नाकामा सिल गरिएका कारण रेल सञ्चालन गर्न कम्तीमा अझै दुई महिना लाग्ने बताइएको छ।
रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने बताउनुभएको छ।
रेल सञ्चालन गर्नका लागि अहिलेको समयमा प्राविधिक जनशक्ति भारतबाटै ल्याइने र अन्य कर्मचारी व्यवस्थापनका लागि भने करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको भट्टर्राईले बताउनुभयो। भारतबाट ८४ करोड ६५ लाख
मा खरिद गरेर ल्याइएको दुई वटा रेलको २० प्रतिशत मात्र भुक्तानी गरिएको बताइएको छ। अहिले उक्त रेललाई सुनसरीको इनरुवामा पार्किङमा राखिएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस