हामीले भर्खरै संबिधान दिवस मनायाैं । संविधानसभाको निर्वाचन र राजतन्त्रको अन्त्यको पृष्ठभूमि हेर्दा एकातिर माओवादीको शसस्त्र जनयुद्ध र अर्कोतिर नेका-एमाले लगायतका संसदवादी दललाइ तत्कालीन राजा ज्ञानेन्द्रले हुत्याएर सडकमा पुर्याएपछिको सडक आन्दोलनको बिच गठबन्धन भएपछिको माओवादी- संसदबादिको संयुक्त आन्दोलनको परिणाम हो ।
२०५२ मा जनयुद्ध सुरु गर्नुभन्दा पहिले माओवादीहरु बैचारिक रुपले सशक्त भै देशको शासन सत्ता जनताको हातमा नआएसम्म जनताले राहत पाउदैनन् भन्ने निष्कर्षका साथ श्रमिक बर्गलाई संगठित गर्दै शसस्त्र आन्दोलन सुरु गरे। परिणाम स्वरुप ठुलाठुला शसस्त्र आन्दोलन भए । हजारौंले सहादत प्राप्त गरे ।अन्तत: सुरु सुरुमा दुरदरारका घटना भनेर ढुक्क बसेका शासकहरुको स्वर्गमै जनयुद्धले प्रहार गर्यो। झन्डै दुइतिहाइ हिस्सामा बिद्रोहीको कब्जा हुन पुग्यो ।
माओवादी लहर जंगलमा आगो सरह फैलियो। परिवर्तनका हिमायती मात्र नभै समाजका लुच्चा, लफङ्गा, बदमास समेतले आफुलाई माओवादी भनाउन थाले र आन्दोलन भित्र पसि ब्यक्तिगत रिसईविको बदला लिन सुराकी प्रतिक्रियावादी आदि आरोपमा ब्यक्ति हत्या गर्ने र ब्यक्तिगत धन सम्पत्ती लुटने जस्ता आन्दोलनको उदेश्य बिपरितका काम पनि यदाकदा भए । यसले केहिहद सम्म माओवादी आन्दोलनलाइ बदनाम पनि गर्यो र त्यसको दागले आज पनि माओवादी आन्दोलनलाई पोलिनै राखेको छ।
- यो देशमा बस्ने आम नागरिक चाहे ब्राह्मण होस या आदिवासी, मधेसी वा दलितको समस्या एउटै छ। आज पनि न्युनतम गाँस, बाँस, कपास, रोजगार, शिक्षा र स्वास्थको अभाव सबै गरिखानेहरु र थिचोमिचोमा परेका उत्पिडन जनसमुदायमा छ । आम नागरिकहरुको यो न्युनतम आबस्यकता पुर्तिको बिषय नै आजको राष्ट्रिय सरोकारको बिषय बन्नुपर्छ, बनाइनुपर्छ
त्यतिमात्र भएन माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा पश्चिमा मुलुकका इसाइ धर्म भिरुहरु पनि रङ्ग बदलेर आन्दोलन भित्र प्रबेश गरि कुसंस्कारका नाममा हिन्दु धर्ममाथि प्रहार सुरु भयो । अनेकौं मन्दिरमा तोडफोड भए , पुजारी काटिए र माओवादीले पत्तो नपाइ धर्मान्तरण लागि खुब मलजल गरियो र त्यहीँवाट जातीय आन्दोलनको बिजारोपण गरियो जसले माओवादी आन्दोलनलाइ नराम्रोसंग गाँज्यो र त्यसको धङधङी अझैसम्म देखिन्छ । आन्दोलनमा जातको लागि छुट्टै राज्य दिनेजस्ता नाराहरु पनि झांगिदै गए। जसले बर्गिय मुक्ति आन्दोलनको भ्रुण नै हत्या गर्यो र माओवादी आन्दोल क्षतबिक्षत हुन पुग्यो।
उत्पिडित, दलित, मधेसी र अबसर नपाएकाहरुलाइ विशेष सहुलियत र आरक्षण दिनु जायजमात्र नभएर अनिवार्य नै थियोे जुन माओवादी आन्दोलनका थुप्रै उपलब्धिमध्य एक हो। तर आज हामी देख्छौं, त्यहि छुट्याइएको कोटा पनि टाठाबाठाहरुले नै हत्याएका छन । नेता वा ठुला घरानाका ब्यापारी वा उनिहरुका श्रीमती समानुपातिक, भाईभतिजा आदिले आज दलित, पिछडिएको वर्गको कोटामा रजाइँ गरेर फेरि एकपटक क्रान्तिकारी आन्दोलनको खिल्ली उडाएका छन। त्यत्रो बलिदानले ल्याएको परिवर्तन आज मजाक बनेको छ।
आज संविधान दिवस मनाउन एकाथरी सबै चिज प्राप्त भएको भन्छन् भने अर्कोतिर केहिपनि भएन भन्ने पनि छन् । बिडम्बना त संविधान निर्माणमा मुख्य भुमिका खेलेकाहरुपनि केही भएन भन्ने लाइनमा उभिएका छन। अर्थात उनिहरुकै शब्दमा ‘आधा गिलास भरिएको’ संविधान भनिरहेका छन।
अहिले विभिन्न शक्तिकेन्द्र नेपालमा जातिय दंगा मच्चाएर रक्तपात गर्न चाहन्छन् । धर्मका नाममा दंगा भडकाउन चाहन्छन् । आजभोलि गुम्बा र चर्चहरुमा अस्वाभाविक गतिविधि भएको जानकारहरु बताउँछन् । यस्तै परिपेक्षमा केही राजनीतिक दलपनि खुलेर हिंसाको आह्वान गर्दैछन् जुन आफैमा संगिन परिस्थिति हो।
अबको आन्दोलन जात वा धर्मका नाममा होइन । बर्गिय धरातलमा टेकेर गरिनुपर्छ। र, आशा गरौं । जनताले चुनेर सत्तामा पुगेकाहरु आफैले यो कुरा बुझ्ने छन र आफ्नै बिगत र पुरातनबादी मानसिकतासंग टक्राएर यो देशलाइ सबै खाले समस्याबाट पार लगाउने छन।
यो देशमा बस्ने आम नागरिक चाहे ब्राह्मण होस या आदिवासी, मधेसी वा दलितको समस्या एउटै छ। आज पनि न्युनतम गाँस, बाँस, कपास, रोजगार, शिक्षा र स्वास्थको अभाव सबै गरिखानेहरु र थिचोमिचोमा परेका उत्पिडन जनसमुदायमा छ । आम नागरिकहरुको यो न्युनतम आबस्यकता पुर्तिको बिषय नै आजको राष्ट्रिय सरोकारको बिषय बन्नुपर्छ, बनाइनुपर्छ ।
सन २०४९ मा चिनको जनमुक्ति सेनाले एकैसाथ जापानी अतिक्रमणकारी, प्रतिक्रियावादी च्याङकाइसेक र उसको समर्थक अमेरिकी साम्राज्यवादसंग लडाई लडनु परेको थियो। बाह्य रुपमा हेर्दा हालको हाम्रो अबस्था पनि उस्तै देखिन्छ। अहिलेको प्रधान अन्तरबिरोध नै साम्राज्यवादी र उसका पिछलग्गुहरु जो एमसिसि भित्र्याएर देशलाइ जबर्जस्ती इन्डोप्यासिफिक स्ट्राटेजीको युद्दभुमी बनाउन चाहन्छ । जो बिस्तारबादीको प्रत्यक्ष भुमी अतिक्रमणमा मौन बसि देशलाइ उसको गुलाम बनाउन चाहान्छन र ती जो देशको ढुकुटीमा ब्रम्हलुट मच्चाएर अन्ततः देशको अर्थतन्त्र पुर्ण जर्जर बनाउन र बिश्व बैंकको ऋणमा यो देश लिलाम गर्न चाहान्छन ।
सरकारले जनचाहना अनुसार काम गर्न सकेको छैन । यातायातको सिण्डिकेट हटाउन खोज्यो, अहिलेसम्म कायमै छ । ठेकेदारलाइ कानुनी दायराभित्र ल्याउन असफल छ सरकार । भ्रष्टाचारी लाई कार्यबाही गर्नुको सट्टा उल्टै बिभागिय मन्त्री र स्वयं प्रधानमन्त्री नै भ्रष्टहरुलाइ काध थापेर बसेका छन। हामिले नेकपा भनौं या नेका वा राजाकै शासन किन नभनौं, यो देश हिजो पनि भ्रष्ट, दलाल र प्रतिक्रियावादीका पिछलग्गुहरुले चलाएका थिए र आज पनि यो देश उनिहरुकै चंगुलबाट एक इन्च पनि बाहिर आउन सकिरहेको छैन ।
यसर्थ अबको आन्दोलन जात वा धर्मका नाममा होइन । बर्गिय धरातलमा टेकेर गरिनुपर्छ। र, आशा गरौं । जनताले चुनेर सत्तामा पुगेकाहरु आफैले यो कुरा बुझ्ने छन र आफ्नै बिगत र पुरातनबादी मानसिकतासंग टक्राएर यो देशलाइ सबै खाले समस्याबाट पार लगाउने छन। होइन, उनिहरुले गरेनन भने अबस्य पनि कसै न कसैले त यो गर्नै पर्छ र गर्ने नै छ।
(लेखक: वरिष्ठ सर्जन तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पुर्ब मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ)
फेसबुक देखि प्रतिक्रिया दिनुहोस