आज संविधान दिवस नेपाली जनताले आफैले चुनेका सभासदबाट संविधान लेख्ने नेपालीको एउटा सपना पूरा भएको दिन।
नेपालमा गठित सबै राजनीतिक दलहरुले कुनै न कुनै बेला सानो वा ठूलो स्वरमा उठाएको एजेन्डा थियो संबिधानसभा । तर पछिल्लो कालखण्डमा यसलाइ राष्ट्रिय एजेन्डा बनायो तत्कालीन बिद्रोहि शक्ति नेकपा (माओवादी) ले । अन्ततः तत्कालीन प्रमुख दलहरुले पनि उक्त एजेन्डालाई स्विकार गरि संविधान सभाबाट संबिदन बनाउने एजेन्डा एक साझा एजेन्डाको रुपमा अगाडि आयो।
पहिलो संबिधान सभाले संबिधान दिन नसकि बिघटित भए पनि तत्पश्चात गरिएको दोस्रो संबिधानसभाको निर्वाचनबाट निर्वाचित संबिधानसभाले भने संविधान लेख्ने काम गर्यो।
तर पछिल्लो समयमा नेपालको संबिधानका पिता को भन्ने प्रश्न यदाकदा उठ्ने गरेको छ। सबै राजनैतिक दल र विशेष गरि आम जनताकै भुमिका सबैखाले राजनैतिक परिबर्तनमा हुने नै गर्छ। यद्यपि कोहि त हुन्छ र हुनुपर्छ जस्ले उक्त मुद्दाको नेतृत्व गर्यो भन्ने आम चासो पनि नाजायज मान्न सकिन्न।
संबिधान जारी हुँदा राष्ट्रपति रामवरण यादव थिए । सरकार प्रमुख तथा पहिलो पार्टिका नेता थिए कांग्रेस नेता सुशील कोइराला । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ थिए भने संबिधान मस्यौदा समिताका सभापति थिए तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई ।
त्यसैगरि माओबादी आन्दोलनका प्रमुख नेताको रुपमा राष्ट्रिय राजनितिको केन्द्रमा तत्कालिन एनेकपा माओवादीका नेता प्रचण्ड थिए भने संबिधान जारी हुने समयमा दिबंगत भइसकेका कांग्रेस नेता गिरिजाप्रसाद कोइराला ती ब्यक्ति थिए जसले बिद्रोहि माओवादीसंग सहमति गरि उनिहरुको संबिधानसभाको एजेन्डालाई साझा एजेन्डा बनाउदै माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याएका थिए।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस