नेपालको संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ।
आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै गत वर्षझै युएई स्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले शनिबार साँझ ८ बजे दुबई स्थित संसारकै अग्लो भवन ‘बुर्ज खलिफा’ र राजधानी आबुधाबीमा रहेको ‘एड्नक विल्डिङ’मा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।
गत वर्ष पनि संविधान दिवसको अवसरमा बुर्ज खलिफा र एड्नक विल्डिङको भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो । दुबईस्थित १६३ तले संसारकै अग्लो भवन बुर्जखलिफाको उचाई ८२९.८ मिटर छ जुन सन २०१० देखि सर्बसाधारणलाइ खुल्ला गरिएको थियो।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस