नेकपा अध्यक्ष प्रचण्ड देखि पुर्बप्रधानमन्त्री बाबुराम भट्टराई हुदै नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ सम्मले कुलमान कै निरन्तरताको पक्षमा वकालत गरे।
चर्चित पत्रकार रबि लामिछानेले आफ्नो प्रशिद्द कार्यक्रम सिधाकुरा जनतासंगमार्फत बारम्बार कुलमानको पुनर्नियुक्तिको लागि आवाज उठाए। कलाकार मह जोडि देखि दिपकराज गिरि सम्म सबैले कुलमानकै पक्षमा बोले।
सामान्य नागरिक देखि शिक्षक, कर्मचारी, पत्रकार, कलाकार हुँदै देशकै पुर्ब प्रधानमन्त्री सम्मले एकै स्वरमा कुलमान नै चाहिन्छ भन्दा पनि प्रधानमन्त्री केपि ओलिले कुलमानलाइ चाहेनन। र अन्तत: आज बिद्युत प्राधिकरणबाट कर्मचारीहरुले भावुक हुँदै कुलमानको बिदाइ गरे।
कुलमान कै लागि ठाउँ-ठाँउमा आन्दोलन भए। फेसबूक र ट्विटरमा ‘क्यापियन’ चलाइयो। युट्युवरले कुलमान कै निरन्तरताको लागि भिडियोहरु भाइरल बनाए।
सामान्य नागरिक देखि शिक्षक, कर्मचारी, पत्रकार, कलाकार हुँदै देशकै पुर्ब प्रधानमन्त्री सम्मले एकै स्वरमा कुलमान नै चाहिन्छ भन्दा पनि प्रधानमन्त्री केपि ओलिले कुलमानलाइ चाहेनन। र अन्तत: आज बिद्युत प्राधिकरणबाट कर्मचारीहरुले भावुक हुँदै कुलमानको बिदाइ गरे।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धि ११ पटक सम्म सार्बजनिक पदमा नियुक्त हुन योग्य भए र हालैमात्र बाणिज्य बैंकमा नियुक्ति पाए। केपि ओलिको यो कार्यकालमा काण्डमाथी काण्ड मच्चाइएका सयौंले यस्ता उच्च पदहरुमा नियुक्ती पाए।
सरकाराले नै कालोसुचिमा राखेको कम्पनीको मालिक जो बिदेशी लगानीकर्ता भगाउने ब्यक्ति थिए, लाइ लगानी बोर्डमा नियुक्त गर्दा होस या यति ग्रुपका संचालकलाइ नेपाल वायुसेवा निगममा नियुक्ति गर्दा होस। सरकारलाइ कुनै कानुनले त छेकेन छेकेन, सामान्य नैतिकताले समेत एकपटक पनि चिमोटेन।
हिजो ३५ अरब बढी घाटामा गएको यो संस्थालाई कुलमानले आज ११ अरब नाफामा ल्याएर छोडीदिएका छन र यदि उनी नै रहे भने अर्को केही बर्षमै MCC को लगानीबिना नै प्रशारण लाइन आफैँ बनाउन सक्ने स्तरमा नेपाल वैद्युत प्राधिकरण पुग्ने संभावना थियो।
तर, आज जब कुलमान, त्यो ब्यक्ती जसले सारा देशलाइ उज्यालो बनायो। अरबौँ घाटाको नेपाल बिद्युत प्राधिकरणलाई नाफामा ल्यायो। र, प्रजातान्त्रप्राप्ती पछिको एउटा मात्र यस्तो ब्यक्ति बन्यो जो कहिले बोलेन तर सधै गरेर देखायो। त्यो ब्यक्तिलाई अरु एक कार्यकाल जिम्मेवारि दिंदा सरकारलाइ के अफ्ट्यारो पर्थ्यो? कुन कानुन वा कुन नैतिक प्रश्नको सवाल उठ्थ्यो?
के यसो त होइन? केपि ओलि अमेरिकी शर्तसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान लिन टाउकोले नै टेकेर लागि परेका छन। एमसिसिले लगानी गर्ने मुख्य क्षेत्र नै बिद्युतको प्रशारण लाइनमा हो, जुन प्रत्यक्ष नेपाल विद्युत प्राधिकरणसंग जोडिन्छ नै। हिजो ३५ अरब बढी घाटामा गएको यो संस्थालाई कुलमानले आज ११ अरब नाफामा ल्याएर छोडीदिएका छन र यदि उनी नै रहे भने अर्को केही बर्षमै यस्ता प्रशारण लाइन आफैँ बनाउन सक्ने स्तरमा नेपाल वैद्युत प्राधिकरण पुग्ने संभावना थियो। यसको मतलब, कुलमान रहे भने नेपालमा एमसिसीको लगानी बिना नै नेपाल बिद्युत प्राधिकरणले आफ्नै लगानिमा प्रशारण लाइन बनाउन सक्थ्यो।
अन्त्यमा भन्न सकिन्छ, एक, कुलमान एमसिसिको पक्ष वा विपक्ष जे मा पनि हुन तर कुलमानले बिद्युत प्राधिकरणलाई आफैं सक्षम रहेको संस्था बनाउन सक्ने तागत पक्कै राख्दथे, जुन ओलि र उनको समूह चाहदैन। दुइ, उनि नेताको वरिपरि घुम्ने र चाकडिमा समय बिताउनेमा थिएनन। र, तिन, उनि सुटकेस बोकेर नेताको दैलोमा कुद्ने मान्छे पनि पक्कै थिएनन। यिनै तीन कारण थिए, जसले कुलमानलाई अर्को कार्यकाल बिद्युत प्राधिकरणमा काम गर्न दिन केपि ओलि र उनका सल्लाहकारहरु इच्छुक रहेनन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस