अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको वासिन्ट्नपोस्टले जनाएको छ।
इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएको भन्दै उनलाई सन् २०२१ को नोबेल शान्ती पुरस्कारको लागि सिफारिस गरिएको हो।
अमेरिका कै पहलमा भएको सम्झौताका कारण सन् १९८४ मा अस्तित्वमा रहेको इजरायललाई मान्यता दिने अरब इमिरेट्स तेस्रो खाडी राष्ट्र बनेको थियो। यही महिनामात्रै दुवै देशबीच उच्चस्तरीय भेटघाट समेत भएको थियो भने पहिलो व्यवसायिक हवाइ उडानसमेत सुरु भएको थियो।
पहिलो विमान यात्राबाट संयुक्त अरब इमिरेट्स पुगेको अमेरिकी अधिकारीसहितको इजरायली टोलीले त्यहाँका उच्च अधिकारीहरुसँग सम्बन्ध सुधारको बारेमा छलफल गरेका थिए।
नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले उनको नाम पुस्कारकालागि मनोनित गरेका हुन्। क्रिस्टियनले नै सन् २०१८ मा पनि उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न सफल भएको भन्दै नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम मनोनित गरेका थिए।
आफ्ना केही कर्मचारी र ठुला अमेरिकी नक्कली मिडियाले नै आफ्नो मनोनयनमा आश्चर्य जनाएको भन्दै राष्ट्रपती ट्रम्पले आफ्ना निकटस्थहरुको कुराकानीमा आफुले नोबेल शान्ति पुरस्कार पाउने सम्भावना सम्भावना रहेकोले आबश्यक पहल गर्न अनुरोध समेत गरेका छन।
स्मरण रहोस, यस अघि पुर्ब अमेरिकी रास्ट्रपती बाराक ओबामालाइ प्रदान गरिएको नोबेल शान्ती पुरस्कार फिर्ता लिन भन्दै केही बर्ष पहिले यिनै ट्रम्पले नोबेल पुरस्कार कमिटिलाइ अनुरोध गरेका थिए।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस