नेकपाका सचिवालय सदस्य एबं प्रबक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङ्गलाई पुन: नियुक्ति गरिने बिस्वास सहित गरेको एक ट्विटमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले कडा टिप्पणी गरेका छन।
प्रबक्ता श्रेष्ठद्वारा गरिएको ट्विटमा भनिएको छ- “बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।”

साथमा नारायणकाजिको अर्को ट्विट छ “कोभिड-१९ को सन्दर्भमा आपत पर्दा स्वयँसेवा गरिनेछ। खबर गर्नुहोला ।” त्यसको पनि सल्लाहकार थापाले एकै स्टाटसमा जवाफ दिएका छन।
दुबै ट्विटको स्कृन सर्ट सहित सल्लाह थापाले फेसबूकमा पोस्ट गरेको लामो स्टाटासमा लेखेका छन- “कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आआफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झमेलामा पर्न रुचि छैन।”
थापा अगाडि लेख्छन- “तर एक अवधि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताकाे यस खुल्ला लबिङले कतै…कुम्लाे बाेकी ठिमीतिर जस्ताे पाे भयाे कि? ‘नेपाल आमाका सपूत’ काे पुनर्नियुक्तिकाे कानुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ?”
स्टाटसमा थापाले सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने याे विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हाे कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? भनेर प्रश्नमाथी प्रश्न गर्दै, यो के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे कठीन भयाे !
भन्दै प्रबक्ता श्रेष्ठमाथी खनिएका छन।

साथै दोस्रो ट्विटको जवाफ दिदै थापाले प्रवक्ताकाे व्यक्तिगत सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट स्वंयसेबक र दस्ता परिचालन गर्ने निर्णय भएको हो कि के हो भन्दै ब्यंगसहित प्रश्न गरेका छन।
सरकारले सबै ठाउँमा उत्कृष्ट प्रवन्ध मिलाएकोले कुनै किसिमको स्वयंसेवक नचाहिने भन्दै थापाले “वितेका छ महिनासम्म केही गर्नुनपर्ने, साताैं महिना लाग्ने बेला याे के गर्न खाेजिएकाे हाेला ?” भनेर प्रश्न गरेका छन।
पार्टी प्रबक्ता र प्रधानमन्त्रीका सल्लाहकारको यो जुवारीले मिलिसकेको भनिएको नेकपाको बिबाद फेरि सतहमा ल्याइदिएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस